Comments Add Comment

एकदिवसीय सिरिजमा बंगलादेशमाथि न्युजिल्यान्डको क्लिन स्वीप

८ फागुन, काठमाडौं । बंगलादेशसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिन स्वीप गरेको छ ।

अन्तिम तथा तेस्रो खेलमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–० ले जितेको हो । अन्तिम खेलमा ३३१ रनको ठूलो लक्ष्यसहित ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशका सबिर रहमानले शतकीय पारी खेले पनि आफ्नो टिमलाई जिताउन सकेनन् । उनले १०२ रन बनाउदै शतक प्रहार गरेको थिए । त्यस्तै, मोहम्मद सइफुदिनले ४४ रन बनाए ।

बलिङतर्फ टिम साउथीले उकृष्ट बलिङ गर्दै ६ विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दै एक मेडन ओभरसहित ६५ रन खर्चेर ६ विकेट लिएका थिए ।

यसअघि युनिभर्सिटी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ६९, हेनरी निकोलसले ६४ र टोम लाथमले ५९ रन बनाए ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले दुई विकेट लिए । यसअघि भएको दुबै खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment