Comments Add Comment

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

८ फागुन, डडेल्धुरा । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडानम्बर ७ का २२ वर्षीय प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालले जानकारी दिए । दुर्घटना मंगलबार राति ११ बजे भएको हो ।

सोही दुर्घटनामा परी आकाशबहादुर सिंह घाइते भएका छन् । घाइते सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सिंहले बुधबार बिहान होसमा आएपछि जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले बताएको छ ।

मोटरसाइकल सडकबाट झण्डै ४०/५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment