Comments Add Comment

‘साँइली’को ‘प्याट प्याटे’ सार्वजनिक

चलचित्र ‘साँइली’मा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहलाई फिचरिङ गरिएको छ । यो गीतमा चलचित्रका कलाकारको क्यारेक्टर पनि खुलाइएको छ ।

यो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द र गौतमको स्वर छ । बैदेशिक कथामा तयार भएको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहाडीले मिलेर बनाएका हुन् ।

जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकन्छ । विशाल गुरुङ र मोहनराना मगरेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचत्रिमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment