Comments Add Comment

कोमल वलीको प्रश्न : बमजनलाई किन पक्राउ नगरेको ?

८ फागुन, काठमाडौं । बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् ।

उनले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् । ‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ?’ सांसद वलीले प्रश्न गरिन् ।

उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसाग जवाफ मागिन् ।

जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए । ‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ उनले भने गम्भीरतापूर्वक नै लिएको छ ।’ अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी गराए ।

‘निश्चय पनि यो गम्भीर विषय हो, लिटिल बुद्धको विषयमा सरकारले आफ्नो तर्फबाट छानबिन गरिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment