Comments Add Comment

सत्तारुढ सांसदको प्रश्न : वाइडबडीका दोषीलाई किन कारबाही भएन ?

८ फागुन, काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले वाइडबडी विमान खरिदका दोषीलाई कारबाही नगरेकोमा आपत्ति जनाएका छन् ।

सार्वजनिक लेखा समितिले प्रतिवेदन दिएको एक महिनाभन्दा बढी हुँदा प्रतिवेदन सार्वजिनक नभएको र कारबाही अगाडि नबढेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘वाइडबडी विमान भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो ? सार्वजनिक लेखा समितिले गोलमाल गरेर पनि प्रतिवेदन पठायो । तर महिनौं वितिसक्यो त्यो सरकारले सार्वजनिक गरेको छैन ?’ उनले भने ‘के हो सभामुख महोदय मैले बुझिरहेको छैन जनता निराश भइसके ।’

यस्तो ठूलो भ्रष्टचार हुँदा पनि सरकार र प्रतिपक्ष दुबै चुप लागेको भन्दै उनले आपत्ति जनाए । आफ्ना नेताको नामको अस्पताल छुटेकोमा १५/१५ दिन संसद अवरोध भयो तर वाइडबडीको विषयलाई लिएर एक पटक कसैले टेबुल ठोकेन’ उनले कांग्रेसको आलोचना गर्दै भने । यस्तै अवस्था रहेमा सरकार र संसदप्रतिकै विश्वास गुम्ने सांसद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment