Comments Add Comment

राष्ट्रपति र प्रदेश प्रमुखहरुबीच छलफल

८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सातवटै प्रदेशको प्रदेश प्रमुखसँग भेट गरेकी छन् ।

बुधबार राष्ट्रपति कार्यालय भवन शितल निवासमा प्रदेश १ का प्रदेश प्रमुख देवेन्द्र तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा र कर्णालीका दुर्गाकेशर खनालसँग भेट गरेकी हुन् ।

भेटमा प्रदेश प्रमुखहरुले हालसम्म आफूले सम्पादन गरेका काम र आफ्ना अनुभव राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment