Comments Add Comment

आरोहण गुरुकुलमा ६ देशका १० वटा नाटक

८ फागुन, विराटनगर । आरोहण गुरुकल विराटनगर पहिलो पटक आयोजना हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारीमा जुटेको छ ।

फागुन १५ गते देखि दश दिनसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, इटाली र अफगानिस्थानका नाटकहरु मञ्चन गरिने छ ।

आरोहण गरुकुलको शुशील कोइराला नाटक घरमा नेपालका ५ र अन्य देशका ५ वटा नाटक मञ्चन गरिने व्यवस्थापक दिपेश भण्डारीले जानकारी दिए ।

महोत्सवमा शुशीला कोइराला नाटक घरले तयार पारेको ‘विराट पर्व’, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’, परिवर्तन थिएटर काँकडभिट्टाको ‘बिटुलो आख्यान’, थिएटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरु’, र कदम थिएटर दमकको ‘गैंडा टाईम्स’ नाटक मञ्चन हुनेछ ।

अन्य पाचदेशले आ-आफ्नो भाषामा तयार पारेको नाटक मञ्चन गरिने छ । विराटनगरसँगै राजधानी बाहिर जनकपुरमा पनि महोत्सव हुने भण्डारीले बताए ।

पहिलो पटक विराटनगरमा हुन लागेको नाटक महोत्सवमा स्थानीय एकसय रंगकर्मीले विदेशी रंगकर्मीलाई स्वागत गर्नेछन् । संकृतिक पहिचान साटासाट गर्ने उदेश्यले आयोजना हुने महोत्सव सञ्चालनकालागि करिब २२ लाख रुपैयाँ खर्च हुने भण्डारीले जानकाररी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment