Comments Add Comment

नियमावली अनुसार नै प्रहरीको बढुवा : आईजीपी खनाल

८ फागुन, काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई पुर्‍याएको योगदान, व्यवसायिकता र प्रहरी नियमावलीको प्रावधानको आधारमा नै प्रहरी अधिकारीको बढुवा भएको दाबी गरेका छन् ।

गृहमन्त्रालय स्तरीय निर्णयबाट ७ फागुनमा बढुवा भएका १३ एसपी र २६ डीएसपीलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले बढुवाको आधारबारे प्रष्टिकरण दिएका हुन् ।

यसअघि एसएसपी बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएपछि बढुवा विवादमा तानिएको थियो ।
यो पनि पढ्नुहोस एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै उप्रेतीले दिए राजीनामा

कार्यक्रममा सम्बोधन गर्दै आईजीपी खनालले भने, ‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस् ।’

कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमान्दारितासहित सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का हुन आग्रह गरे ।

ं‘राष्ट्रको सार्वभौमिकतामाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधिविरुद्ध कानुनी कारबाही गर्न एकताबद्ध भएर सशक्त र दृढताकासाथ अगाडि बढ्नुस्’, उनले भने ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृततर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले पदोन्नतिले आफूहरुमा थप उर्जा सञ्चार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment