Comments Add Comment

बी डिभिजन लिगः खुमल्टारको पहिलो जित

८ फागुन, काठमाडौं । खुमल्टार युवा क्लबले शहीद स्मारक बी डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमल्टारले पुल्चोक स्पोर्टस् क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । खुमल्टारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले गोल गरे । यता, पोल्चोकका लागि टिका राईले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै टिकाले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । तर, खेलको २८औं मिनेटमा निरनले गोल गरेपछि खुमल्टारले १-१ गोलको बराबरी बनाएका थिए ।

पहिलो हाफमा एक-एक गोलको बराबरी खेलेको खुमल्टारले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खुमल्टारका लागि ५४औं मिनेटमा आशिकले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा सविनले गोल गर्दै खुमल्टारलाई ३-१ गोलको जित दिलाएका थिए ।

आजै भएको अर्को खेलमा भने सातदोबाटो युथ क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) ले गोल रहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment