Comments Add Comment

च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडसँग युभेन्टस स्तब्ध, चलेनन् रोनाल्डो

Photo Credit : च्याम्पियन्स लिग

९ फागुन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा भने लय समात्न सकेन । दोस्रो हाफमा दुई गोल खादै एट्लेटिको मड्रिडसँग पराजित भएको हो ।

७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्‍याए ।

खेलअवधिभर बल नियन्त्रणमा राखेपनि युभेन्टसले गोल गर्न भने सकेन । क्रिष्टियानो रोनाल्डो पनि यो पटक भने चल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment