Comments Add Comment

वेष्ट इन्डिजमाथि इंग्ल्यान्डको कीर्तिमानी जित, गेलको शतक छायाँमा

Photo Credit : आईसीसी

९ फागुन, काठमाडौं । इंग्ल्यान्डले वेष्ट इन्डिजसँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा जित हात पारेको छ ।

घरेलु टोली वेष्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले जित हात मात्रै पारेन वेष्ट इन्डिजमाथि कीर्तिमान पनि बनाउन सफल भयो । अहिलेसम्म वेष्ट इन्डिजले दिएको यति ठूलो लक्ष्य भेटाएको थिएन ।

३६१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४८.४ ओभरमा चार विकेटको क्षतिमा भेटायो । इंग्ल्यान्डका लागि जासन रोय र जोइ रुटले शतक बनाए । ओपनर जासनले ८५ बलमा १५ चौका र तीन छक्का प्रहार गर्दै १२३ रन बनाए । त्यस्तै, रुटले ९७ बलमा १०२ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले राम्रो प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३६० रन बनाएको थियो । वेष्ट इन्डिजका लागि क्रिस गेलले विष्फोटक ब्याटिङ गर्दै १३५ रन बनाए । उनले १२९ बलमा १२ छक्का र तीन चौका प्रहार गर्दै उक्त रन बनाएका थिए ।

त्यस्तै, साइ होपले ६४ र ड्यारेन ब्राभोले ४० रनको योगदान दिए । बलिङतर्फ बेन स्टोक्स र आदिल राशिदले समान ३–३ विकेट लिए ।

जितसँगै पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment