Comments Add Comment

यहाँ छ दुनियाको सबैभन्दा पुरानो ल्वाङको रुख

ल्वाङको सेवन कत्तिको गर्नुहुन्छ ? यो मसला हाम्रा परिकारहरुमा निकै प्रयोग हुन्छ । दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको ल्वाङको रुख विश्वमा पहिलोपटक कहाँ उमि्रए होला ?

वास्तवमा ल्वाङको लामो इतिहास छ । बीबीसीको रिपोर्ट अनुसार आजभन्दा करीब ३ हजार वर्ष पहिले ल्वाङका रुख पूर्वी एसियाका केही टापुहरुमा मात्र पाइन्थ्यो ।

विश्वमा सबैभन्दा पुरानो ल्वाङको रुख इण्डोनेसियाको टर्नेट द्वीपमा छ । उक्त टापुको अधिकांस हिस्सा ज्वालामुखीको रुपमा रहेको छ । तथापि त्यहाँ धेरै मानिस घुम्न आउँदछन् ।

३-४ हजार वर्ष पहिले केवल टर्नेट, टिडोर तथा आसपासका केही टापुमा मात्र ल्वाङका रुख पाइन्थे । त्यहाँका मानिसहरु ल्वाङ बेचेर निकै धनी बनेका थिए त्यसबेला ।

इतिहास अनुसार जब टर्नेट र टिडोर टापुका राजाहरु ल्वाङको व्यापार गरी निकै धनी भए, तब उनीहरु आफूलाई निकै बलवान सम्झिन लागे । त्यसपछि उनीहरु आपसमै युद्ध सुरु गरे । उनीहरुबीचको आपसी झगडाको मौकाको फाइदा उठाउँदै अंग्रेज र डच कारोबारीहरुले त्यस क्षेत्र कब्जा गरे । कैयन् वर्षसम्म ती टापुहरु युरोपी देशको उपनिवेशमा रहे ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment