Comments Add Comment

बच्चा जन्माएपछि युवतीले भनिन्- म भर्जिन छु

चीनको गुइयांग शहरमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एकजना युवती आफ्नो पेट दुखेको भनेर अस्पतालमा भर्ना भइन् । उनको पेटको उपचारका क्रममा जे भयो त्यो सायद दुनियामै पहिलोपटक भयो ।

जब ती युवतीको अस्पतालमा चेकजाँच भयो, तबमात्र उनलाई आफू गर्भवती भएको थाहा भयो । डाक्टरहरुले सुरुमा उनी गर्भवती भएको भन्दा त उनले पत्याइनन् । ती युवतीले आफूले कहिल्यैपनि कोही पुरुषसँग सम्भोग नगरेको दाबी गरिन् । आफ्नो कुनैपनि ब्वायफ्रेण्ड नभएको र आफू पूर्णरुपमा कुमारी भएको दाबी उनको थियो ।

आफू कुमारी रहेको दाबी गर्दागर्दै उनको बच्चा पनि जन्मियो । यो घटना फेब्रुअरी १५ को हो ।

ती युवतीको आफू भर्जिन नै भएको दाबीपछि डाक्टरहरु पनि अचम्ममा परे । कतै मादक पदार्थको नशामा यौन सम्बन्ध कायम गरिएको पो थियो कि ? भनेर सोधे । तर ती युवतीले त आफूलाई रक्सीको एलर्जी भएकाले कहिल्यै रक्सी नै नछुने बताइन् ।

ती युवती शिक्षित युवती भएको हुँदा कसैले ललाइ फकाइ बलात्कार गरेको सम्भावना पनि थिएन ।

पेटमा बच्चा हुँदाहुँदै युवतीले आफू भर्जिन नै भएको र कसैसँग सेक्स नै नगरेको जिद्धी गर्दै आफ्नो कुमारित्वको परीक्षण गर्न माग गरिन् ।

अन्ततः डाक्टरहरुले उनलाई सम्झाउन भरमग्दुर प्रयास गरेसँगै उनको शल्यक्रिया गरी बच्चा निकालियो ।

तर खडा भयो अर्को समस्या । ती युवतीले आफूले जन्माएको छोराको जिम्मा नलिने र आफू त्यो बच्चा पाल्न तयार नरहेको बताउन थालिन् । युवतीको त्यस्तो अनौठो व्यवहार पछि अस्पतालले नवजात शिशुलाई ती महिलाका बुवा-आमालाई सुम्पिएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment