Comments Add Comment

सलमान र सोनाक्षीको ‘दबंग ३’मा कथा के छ ?

बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमानले ‘भारत’को लागि निकै मिहिनेत गरेको बताइन्छ । किनकी, लगातार २ वटा इदमा असफल चलचित्र दिएका सलमानलाई यसपटक चल्नैपर्ने दबाब छ । अर्कोतिर, अहिले बलिउडमा स्टार भन्दा पनि कथा बढी बिक्न थालेकाले पनि सलमानलाई राम्रो कथामा काम गर्न पनि आवश्यक छ । यो चलचित्रमा सलमानले नायिका कट्रिना कैफलाई जोडी बनाएका छन् ।

सलमान ‘भारत’ छायांकन सकिए लगतै ‘दबंग ३’को छायांकनको तयारीमा जुटेका छन् । सोनाक्षी सिंह र सलमानको मुख्य भूमिका रहने यस चलचित्रको पहिलो सेड्युल अप्रिल महिनाको पहिलो साताबाट सुरु हुने बताइएको छ । यो चलचित्रमा सलमानले आफूलाई चुलबुल पाण्डेको भूमिकामा प्रस्तुत गर्नेछन् भने सोनाक्षी उनको राज्जो बन्नेछिन् ।

चलचित्रको पहिलो सेड्युल खिच्नका लागि मध्य प्रदेशको महेश्वरमा सेट तयार पारिएको छ । त्यहाँ एक रोमान्टिक गीतको छायांकन गर्ने योजना पनि बनिरहेको छ । अरबाज खानले निर्माण गर्ने ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गर्ने छन् । यस अघि निर्माण भएको ‘दबंग’ र ‘दबंग २’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । यो चलचित्रले पनि बक्स अफिसमा धमका मच्चाउने विश्वास निर्माण युनिटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment