Comments Add Comment

नेकपा बैठकमा कार्यदलबारे विवाद, विघटन गर्ने ओलीको प्रस्ताव

९ फागुन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा छन् ।

सचिवालय र कार्यदल सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।
कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका छन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘कार्यदलबारे सहमति जुट्न सकेन, भोलि फेरि छलफल हुन्छ ।’

कार्यदलका सदस्य योगेश भट्टराईले बाँकी काम सम्पन्न गर्न एक साता समय माग गरिएको बताए । ‘यो बीचमा काम सम्पन्न भइसक्नुपथ्र्यो । विभिन्न कारणले हुन सकेन’ उनले भने, ‘हामीले एक हस्ता समय माग गरेका छौं । यसो भएमा सबै विषयमा सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेका छौं ।’

यो पनि पढ्नुहोस् 

नेकपाको भित्री कुरो, प्रचण्डका कारण ओली अल्पमतमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment