Comments Add Comment

सरकारको लापरबाहीले अष्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली : विवेकशील साझा

उद्धारका लागि पहल गर्न माग

९ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीले सरकारको लापरबाहीको कारण अष्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली भएको बताएको छ ।

नर्सिङ अध्ययनका लागि ठूलो लगानीमा अष्ट्रेलिया पुगेका एक हजार बढी विद्यार्थी अवैध कलेजमा भर्नापछि समस्यामा परेका छन् ।

सोही सन्दर्भमा विवेकशील साझाका प्रवक्ता सूर्यराज शर्माले विज्ञप्ति प्रकाशित गरी सरकारको फितलो अनुगमन र लापरबाहीको कारण विद्यार्थी समस्यामा परेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा विद्यार्थीको उद्धारका लागि तत्काल पहल गर्न सरकारसँग माग गरिएको छ । अष्ट्रेलिया सरकारसँगको समन्वयमा उनीहरुलाई अध्ययनको प्रबन्धसमेत मिलाउन विवेकशील साझाले सरकारलाई आग्रह गरेको छ ।

साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र अन्य नेपाली संघ, संस्थाहरुलाई सहयोग गरिदिन विवेकशील साझाले अनुरोध गरेको छ ।

नेपाली कांग्रेसले पनि बुधबार विज्ञप्ति प्रकाशित गरी विद्यार्थीको उद्धार र अध्ययनको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment