Comments Add Comment

राजनीतिज्ञ नरहरि आचार्यको पुस्तक आउँदै

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्रा : बन्दी वृतान्त’ प्रकाशन हुने भएको छ । उनको पुस्तक चैत पहिलो हप्ता बजारमा आउने लागेको हो ।

०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि आचार्यलाई माघ २१ गतेदेखि घरमा बन्दी बनाइएको थियो । त्यही  बन्दी अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त समेटेर पुस्तक तयार पारिएको हो ।

पुस्तकको सन्दर्भमा आचार्य भन्छन्- ‘यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो | म बन्दी रहेको त्यही कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्‍यो र परिवर्तनको आधार तयार गर्‍यो ।’

आचार्यले गणतन्त्रको यात्रामा हिंडेका बेलाका अन्य प्रसंग र सन्दर्भहरु पनि पुस्तकमा समेटेको बताएका छन् । प्रकाशक सांग्रिला बुक्सले आचार्यले आफ्नो अनुभव र तत्कालिन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो विचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुने बताएको छ । पुस्तक ६३८ पृष्ठको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment