Comments Add Comment

अवार्ड समारोहमा बोल्ड सारा

बलिउड नायिका साराअली खान अहिले चलचित्रमा मात्र होइन, पहिरनमा पनि चुजी बन्न थालेकी छिन् । आफ्नो मोटो शरीरलाई फिट बनाएपछि बलिउडमा प्रवेश गरेकी साराअली अहिले ‘केदारनाथ र सिम्बा’को सफलतापछि एकाएक स्टारको सूचीमा परेकी छिन् । मिडियाले पछ्याउन थालेपछि उनी पहिरनमा पनि सजग हुन थालेकी हुन् ।

बुधबार मुम्बइमा ‘फेमिना ब्यूटी अवार्ड २०१९’को आयोजना भयो । यो अवार्डमा नायिका साराअली खान पिंक पहिरनमा पुगेकी थिइन् । अवार्डमा बलिउडका कलाकारहरु साराअली, विक्की कौशल, तपसी पन्नु, रविना टन्डन, ट्विंकल खन्ना लगायतको उपस्थित थियो ।

पिंक पहिरनमा हट बनेर पुगेकी साराले रेड कार्पेटमा सबैको ध्यान तानेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment