Comments Add Comment

थाइल्यान्डसँग हार्दा नेपाली महिलाको विश्वकप सपनामा धक्का

क्षमता कि आत्मविश्वासमा समस्या ?

९ फागुन, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सपना फेरि एकपटक धरापमा परेको छ । एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भयो ।

गत महिना सम्पन्न ‘महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगिताको फाइनलमा पनि आयोजक थाइल्यान्डसँग ७० रनको फराकिलो अन्तरले पराजित हुँदै नेपाल ऐतिहासिक उपलब्धीबाट चुकेको थियो । उपविजेता बनेर स्वदेश फर्किएपछि प्रशिक्षक विनोद दासले भनेका थिए, ‘हाम्रा खेलाडी थाइल्यान्डको भन्दा केहीमा कम छैनन् तर मानसिक रुपमा तयार भएनौं । त्यसकारण हा¥यौं ।’

यो पटक छनोट खेल्नु अघि थाइल्याण्डको ‘भूत’ हटाउन भन्दै मोटिभेसन क्लास चलाइयो । खेलाडीहरुले पनि आफूहरुमा आत्मविश्वास बढेको बताएका थिए ।

तर, बिहीबार थाइल्याण्डसामू नेपाली महिला टोली फेरि एक पटक निरिह देखियो ।

बलिङ ठीकै रह्यो तर, ब्याटिङ चल्न सकेन । थाइल्यान्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रन मात्र जोड्न सक्यो । इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् भने सीता रानामगरले ३४ बलमा १८ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

क्षमता कि आत्मविश्वासमा समस्या ?

महिला टी–२० क्रिकेट स्मासको उपविजेता बनेपछि महिला क्रिकेटले फेरि एक पटक धेरैको ध्यान तानेको थियो । यो यरसकारण पनि स्वभाविक थियो कि सन् २००७ मा पहिलो प्रतियोगिताको फाइनलसम्म पुगेको नेपालले त्यसयता पहिलो पटक उपविजेता बनेको थियो । यसले अपेक्षा पनि जगाइदियो ।

तर, एसियन रिजनमा बलियो टोली थाइल्याण्डलाई उसकै घरेलु हराउन त्यति सजिलो थिएन । प्रतियोगिता सुरु हुनु दुई चार हप्ता अगाडि क्लोज क्याम्प गरेको भरमा थाइल्याण्डलाई हराउन गाह्रो रहेको जानकारहरु बताउँछन् ।

त्यसमाथि नेपाली खेलाडीहरुमा रहेको थाइल्याण्डको भूत अझै हटिसकेको पनि छैन । एक समय नेपाली महिला टोली सम्हालेका प्रशिक्षक राजु बस्न्यात भन्छन्, ‘हामी जित्न सक्थ्यौं तर, रन बनेन । पानरसिप भएन विकेट चाँडै पतन भयो । कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् । आतिएर खेलेको जस्तो देखियो ।’

‘खेल हारेपछि मानसिक रुप, शारीरिक रुपले, टेक्निकल रुपले हा¥यो भन्ने हुदैन । राम्रो नखेलेर हार्ने हो’ उनले भने ।

अब कति सम्भावना ?

प्रतियोगितामा नेपालले अझै चार खेल खेल्न बाँकी छ तर, थाइल्याण्डसँग हारेसँगै टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कठिन बनेको देखिएको छ ।

किनकी एसिया छनोटको विजेता बनेको राष्ट्रले मात्र आईसीसी महिला टी–० विश्वकप छनोट २०१९ र आईसीसी महिला विश्वकप २०२० को छनोट खेल्न पाउँछ । अरु देशमाथि नेपालले जित हात पार्न सक्ने भएकाले थाइल्यान्डसँगको खेल निर्णायक मानिएको थियो । सबैको आँकलन थियो, यदि थाइल्यान्डलाई हराए नेपाल ग्लोबल छनोटमा पुग्छ । नेपाल हारे थाइल्यान्ड ।’

तर, यो हारले नेपालको सम्भावना सकिएको छैन । कमजोर मानिएको अरु टिमले थाल्याण्डलाई हराउने सम्भावनालाई नर्कान पनि सकिँदैन । तर, सम्भावना कायमै राख्न नेपालले आफ्नो बाँकी खेलहरु जित्नु पर्ने दबाव भने कायमै छ ।

नेपालले २२ तारिखमा यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ । थाइल्यान्डले भने हङकङ, कुबेत, मलेसिया र यूएईसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

थाइल्यान्डको लागि प्रमुख तगारो नेपाल थियो । बिहीबारको जितसँगै अब उसको बाटो केही सहज भएको छ । यद्यपि, प्रतियोगिताको यूएई पनि कमजोर छैन ।

दुई खेलमा शतप्रतिशत जित हात पारेको थाइल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानमा यूएई छ । यूएईले तीन खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बनाएको छ । नेपाल २ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment