Comments Add Comment

सत्यमोहन जोशीलाई महेन्द्रनारायण निधि पुरस्कार

९ फागुन, काठमाडौं । महेन्द्रनारायण निधि प्रतिष्ठानले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट सम्मानित हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

ललितपुर निवासी शताब्दी पुरुष सत्यमोहन जोशी (९९) र सिरहा निवासी गौरीशंकरलाल दास (९५) लाई २०७४ को राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रेमसागरीदेवी निधि पुरस्कार भोजपुर निवासी लक्ष्मी राईलाई प्रदान गर्ने भएको छ ।

०७५ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार भने काठमाडौं निवासी तीर्थराम डंगोल (७०) र सप्तरी निवासी रामनारायण देव (७०) लाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रेमसागरीदेवी निधि पुरस्कारबाट पर्साकी शान्ति कार्की (८८) र जाजरकोटकी मैना कार्की (५०) लाई प्रदान गरिने छ ।

पुरस्कार महेन्द्रनारायण निधिको ९७ औं जन्मजयन्तीका अवसरमा यही फागुन १३ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment