Comments Add Comment

पूर्वविशिष्टको सुरक्षा सुविधाबारे सरकार छलफलमै

९ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वविशिष्टलाई दिइने सुरक्षा सुविधालाई व्यवस्थित गर्ने विषयमा सरकार छलफलमै रहेको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले पूर्वविशिष्टलाई दिएको सुरक्षा सुविधाबारे मन्त्रिपरिषदमा छलफल भइरहेको बताए ।

पूर्वविशिष्टको सुरक्षा सुविधाबारे सरकारले केही गर्दैछ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘यो व्यवस्था आवश्यक हो वा होइन भन्ने विषयमा काफी छलफल गर्न सकिन्छ । जति हदसम्म सुधार गर्नुपर्ने हो त्यति हदसम्म सरकार तयार नै हुन्छ ।’

पूर्वविशिष्टलाई कति सुरक्षा सुविधा दिने भन्ने विषयमा गृहमन्त्रालय अन्तर्गत रहने कमिटिले गृहकार्य गरिरहेको र उक्त कमिटिले सिफारिस पनि गर्ने उनले जानकारी दिए । गर्छ । ‘अब यहाँ पूर्व भएका/नभएकाको घरमा पनि ५/६ जना रहेको देखिएको छ, यी चिजहरु क्रमश आउँदैछन्’ मन्त्री बाँस्कोटाले भने ।

सुरक्षा सुविधा पाइरहेका पूर्वविशिष्टको सुविधा खोसिएमा सरकारको आलोचना हुने र सुधार नगरेमा पनि प्रश्न उठ्ने भएकाले सरकार समस्यामा रहेको पनि उनको भनाइ छ ।

‘कस्तो हुन्छ भने दुई तिहाइले यति पनि खोसिदियो भन्छन्, सुधार नगरौं भने प्रश्न उठ्छ’ मन्त्री बास्कोटाले थपे, ‘तर, सुधार्ने नाममा फेरि एकदमै बहकिन्छौं नि हामी, हामीलाई एकदम सानो सानो घटनाले बहकाइदिहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment