Comments Add Comment

धर्मेन्द्र सेवनको ‘कता हिँडेकी’

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘कता हिँडेकी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् । उनी भन्छन्, ‘मैले अहिलेसम्म जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु । सायद सबैले यसलाई रुचाउनुहुन्छ होला ।’ गायक धर्मेन्द्र ‘रेशम फिलिलि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment