Comments Add Comment

आयल निगमको अमलेखगञ्ज डिपोमा प्रमुख बैंकको एक्स्टेन्सन काउण्टर

९ फागुन, काठमाडौं । बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा प्रभु बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदीप कुमार यादवले एक समारोहका बीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
एक्स्टेन्सन काउण्टरको उद्घाटनपछि निगमका क्षेत्री प्रमुख यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई यसले सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

उनले अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्यार्लयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी दिए ।

बिहीबारदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप\mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment