Comments Add Comment

स्मार्ट च्वाईस टेक्नोलोजिजको अध्यक्षमा भट्टचन

९ फागुन, काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा देबी प्रकाश भट्टचन चयन भएका छन् । कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धिकार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि कामगर्दै आएको छ ।

हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित७० भन्दा बढी बैंक तथावित्तीय संस्था र सहकारी संस्थाहरु आवद्घ रहेका छन् ।

अन्तर्राष्ट्रिय नेटवर्क चाईनायुनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment