Comments Add Comment

कालु पाण्डेको समाधीस्थल हाम्रो तीर्थस्थल : प्रधानमन्त्री

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाण्डेको समाधीस्थल नेपालीका लागि तीर्थस्थल भएको बताएका छन् ।

बिहीबार काजी कालु पाण्डेको समाधीस्थल दहचोकमा पाण्डेको पूर्णकदको शालिक अनावरण गर्दै उनले आफू हरेक वर्ष श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुग्ने बताए । समाधीस्थलमा तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका एक सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन आहुती दिएर असाधारण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’

चन्द्रागिरि नगरपालिका १ का रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए । टावरको दुई तल निर्माण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment