Comments Add Comment

चौधरी फाउण्डेसनद्वारा ५ सय ८ जनालाई कृत्रिम हात खुट्टा वितरण

९ फागुन, काठमाडाैं । चौधरी फाउण्डेसनले संचालन गरेको कृत्रिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् ।

विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको फाउण्डेसनले जनाएको छ ।

काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गतेदेखि शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन भएको थियो ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताईरहेकाहरूलाई सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए ।

‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो,हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहाँहरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौं, यसले उहाँहरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष चौधरीले भने, ‘यसबाट राष्ट्रले समेत सवल र योग्य नागरिक पाएको छ ।’

चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गते सम्म ५९ जना लाभान्वित भएका थिए ।

दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए ।

नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवस्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ । स्थाई सेवा शुरू भएपछि आवस्यक व्यक्तिले आफ्नो अनुकुल समयमा अस्पतालबाट सेवा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment