Comments Add Comment

लाजिम्पाटबाट २१ किलो चरेशसहित ४ पक्राउ

ढाडमा टेपले बाँधेर भित्रिन्छ ट्याब्लेट

९ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले २१ किलो चरेशसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का रामकुमार मोक्तान, रमेशकुमार मोक्तान, शुक्रराम गोले र राजेन्द्र गोले छन् ।

काठमाडौं प्रहरी परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरुमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुले मकवानपुरबाटै चरेश ल्याएको हुनसक्ने देखिएको छ ।

यसैबीच, महानगरीय प्रहरी प्रभाग, फर्पिङले चेकजाँचका क्रममा ७ सय २० वटा नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका २२ वर्षीया वर्षात तामाङ र महोत्तरीका २१ वर्षीया विशाल तामाङ छन् ।

उनीहरुले ढाडमा टेपले बाँधेर औषधीजन्य ट्याब्लेट ल्याएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment