Comments Add Comment

मुख्य प्रशिक्षक योहान नेपालमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन नेपाल आएपुगेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न आएका हुन् ।

उनलाई दुई वर्षका लागि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार २०१९ मार्च १ देखि २०२१ फेब्रुअरी २८ सम्म उहाँले नेपाली टोलीको नेतृत्व गर्नुहुनेछ ।

यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment