Comments Add Comment

दुर्घटनामा घाइते प्रदेश सांसद् वलीको निधन

१० फागुन, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ ।

सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।

मेडिसिटी अस्पतालमा उपचाररत ओलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश ५ की उपसभामुख कृष्णी थारुले अनलाइनखबरलाई दिइन् ।

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment