Comments Add Comment

फ्रान्समा फ्लुको प्रकोप, २८०० को ज्यान गयो, २ हजार अस्पताल भर्ना

१० फागुन, काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धहरू भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

रिपोर्ट अनुसार, फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।

भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी रहेको रिपोर्टमा उल्लेख छ ।

यद्यपि, बिरामीको सङ्ख्या तथा बिरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुवै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ ।

फ्रान्समा अघिल्लो हप्ता सम्भवतः सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटू’ को सङ्क्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment