Comments Add Comment

पललाई साथी भन्दै आँचलले दिइन् यस्तो शुभकामना

नेपाली चलचित्र वृत्तमा नायक पल शाह र नायिका आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चलेको केही समय भयो । पल र आँचलले आफूहरु साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, उनीहरुको प्रेम सम्बन्धको चर्चा चल्न भने रोकिएको छैन ।

नायक पल शाहले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । टेलिभिजनमा भिडियो सम्पादक, म्यूजिक भिडियोको मोडल हुँदै चलचित्रको नायक बनेका पल शाहलाई अहिलेको हटकेक मानिन्छन् । उनै, पल शाहलाई नायिका आँचल शर्माले साथी भन्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

आँचलले लेखेकी छिन्–‘जन्मदिनको शुभकामना मेरो साथी । तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छौ । मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ । म तिमी भन्दा एक कल फोनको दुरीमा छु । आशा छ, तिमीले वुझ्नेछौ । तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु ।’

पल र आँचलले तिनवटा चलचित्रमा काम गरेपछि अहिले फरक फरक चलचित्रमा काम गरिरहेका छन् । तर, पनि यी दुइको नाम जोडिन भने छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment