Comments Add Comment

एकैदिन तोलामा ५ सय घट्यो सुनको भाउ

१० फागुन, काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको भाउ ओरालो लाग्न थालेको छ । बिहीबार दुई सय रुपयाँ घटेको सुन भाउ शुक्रबार थप पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बुधबार नेपाली बजारमा सुनको भाउ उच्चविन्दुमा पुगेको थियो । २०७० भदौ १२ गतेपछि पहिलो पटक नेपाली बजारमा सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ३ सय २५ डलरमा कारोबार भइरहेको छ ।  अमेरिका-चीनबीचको व्यापार युद्धका कारण डलर कमजोर हुँदै गएकाले पनि सुनको मूल्य प्रभावित भएको व्यवसायी बताउँछन् ।

युरोपेली केन्ऽीय बैंकहरुले सुन स्टक राख्ने नीति लिएपछि पनि सुनको भाउमा उतारचढाव आएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

उपभोक्ताले समेत सुनमा लगानी बढाउँदा माग बढेर गएकाले मूल्य प्रभावित भएको व्यवसायीको तर्क छ ।  महासंघका अनुसार तेजाबी सुनको भाउ पनि शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेको छ । शु तेजाबी सुन शुक्रबार ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment