Comments Add Comment

यी हुन् दुनियाँकै तीव्र गतिका बालक, पौने १४ सेकेण्डमा १ सय मिटर

सात वर्षका एक बालकले विश्वमै सबैभन्दा तिव्र गतिका बाल धावकको कीर्तिमान हासिल गरेका छन् ।

१३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी रुडोल्फ इन्ग्राम नामका बालकले कीर्तिमान कायम गरेका हुन् ।

ज्वाला अर्थात् ब्लेज उपनामले चर्चित ती बालकको बिजुलीसरी तीव्र गतिको दौडको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ ।

अमेरिकाको फ्लोरिडाका ती बालकले ६ महिना अघि अमेरिकाको एक फुटबल खेलका दौरान डिफेन्डरहरुलाई निकै पछि पार्दै तीव्र गतिमा दौडिएको भिडियो अनलाइनमा आएको थियो ।

उनी हालै पुनः ट्रयाकमा फर्किएका छन् । उनको हालैको दौडको भिडियो इन्स्टाग्राममा आएसँगै त्यो भाइरल बनेको छ ।

ती बच्चाका बाबुको इन्स्टाग्राम अकाउन्टमा अपलोड भएको भिडियोमा उनले १ सय मिटरको दौड १३.४८ सेकेण्डमा दौड पूरा गरेको देखिन्छ ।

यदि त्यो समय प्रमाणित भएमा उनले नयाँ किर्तिमान कायम गर्नेछन् । यसअघि उनी आफैले १३.६७ सेकेण्डमा दौड पूरा गरेका थिए ।

स्मरण रहोस् यी बालकले अमेरिकामा भएका विभिन्न दौड प्रतियोगितामा २० वटा स्वर्ण पदक सहित अहिलेसम्म ३६ पदक जितिसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment