Comments Add Comment

रिलिज भयो ‘रुमालै छ चिनो’

आजबाट देशभरका हलमा चलचित्र ‘रुमालै छ चिनो’ सार्वजनिक भएको छ । यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका छ । यो चलचित्रले लाउरे प्रेमी र नेपालमा बसेकी प्रेमिकाको कथालाई उठान गरेको छ । चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘रुमालै छ चिनो’ देशभरका ४ दर्जन हलमा रिलिज भएको यसको निर्माणपक्षले बताएको छ । विदेशमा हुने युद्धमा नेपाली जवानहरुले कसरी विरता देखाएका छन् भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment