Comments Add Comment

प्रदेश सांसद वलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षपत पुगेकोे उल्लेख गरे । प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

उत्तरकुमार वली २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले) को तर्फबाट विजयी भएका थिए ।

केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद वलीको ३७ बर्षको उमेरमा शुक्रबार विहान निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment