Comments Add Comment

दीपाको गुनासो–‘छक्का पन्जा’लाई मैले निर्देशन गरेको होइन भन्छन्’

संगीताले भनिन्–‘महिलाले निर्देशन गर्न सक्छन् भन्ने विश्वास अझै छैन’

काठमाण्डौको राष्ट्रिय सभा गृहमा अहिले ‘दोस्रो नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ चलिरहेको छ । बिहिबारबाट सुरु भएको फेस्टिभलको दोश्रो दिन ‘चलचित्र क्षेत्रमा महिला’ नामक शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अन्तरक्रियामा महिला निर्देशकद्धय दीपाश्री निरौला र संगीता श्रेष्ठ सहभागी थिए । कार्यक्रममा मन्दिरा ढुंगेल प्रस्तुतकर्ताको रुपमा प्रस्तुत भएकी थिइन् ।

सेसनको सुरुवातमा नै मन्दिराले निर्देशक दीपाश्रीलाई प्रश्न गरिन–‘अरुलाई हसाउन गाह्रो छ । तर, तपाईले त हसाएर नै संसारलाई आफ्नो बनाउनु भएको छ । गाह्रो कत्तिको छ ?’ दिपाले हाँस्दै उत्तर फर्काइन्–‘गाह्रो त एकदमै गाह्रो छ । तर, हाम्रो बेस नै त्यही भएकाले र हामीले सधै त्यसैमा काम गरिरहेकाले पनि होला केही हदसम्म दर्शकले स्विकार्दिनु भएको छ ।’ दीपाश्रीले आफ्नो चलचित्रमा हसाउने बिषय मात्र समावेश नभएर, केही सन्देश र समाजको कुरालाई पनि चित्रण हुने गरेको बताइन् ।

दिपाको यो उत्तरपछि मन्दिराको प्रश्न संगीतामाथि पुग्छ, ‘तपाईले देखाउनु भएको दृष्यमा त धेरै आलोचनाहरु आए नि त?’ संगीतले यसको उत्तर केही गहन भएर दिइन् । उनले भनिन्, ‘मैले चलचित्रमा समावेश गरेको दृष्यबाट आलोचनाहरु आए । तर, जसले त्यसलाई बुझ्नुभयो राम्रै भन्नुभयो । जसले त्यो भोग्नु परेको छैन उहाँहरुले नराम्रो मान्नुभयो । खास मैले त्यो दृष्यबाट महिलाहरुको पिडा देखाइरहेको थिएँ ।’

‘महिला भएर निर्देशन गर्दाको समस्या के रहेछ ?’। ‘महिलाले निर्देशन गर्ने सक्दैनन भन्ने मानसिकता अझै पनि हाम्रो समाजमा छ’, दिपाले भनिन् । ‘मलाई पनि कत्तिले दिपाले निर्देशन गरेको होर, भन्ने प्रश्न धेरै गर्नुहुन्छ । तर, निर्देशन भनेको टिमवर्क हो । यदी राम्रो कथा र राम्रो टिम पायो भने पक्कै चलचित्र राम्रो बन्छ ।’

यस्तैमा, संगीताको उत्तर आउँछ, ‘सुरु सुरुमा मैले म्युजिक भिडियो बनाउँदा त मैले ‘एक्सन’ भन्दा क्यामेरा पर्सनले क्यामेरा अन नै गरिदिनुभएन । उहाँहरुलाई महिलाले निर्देशन गर्ने कुरामा विश्वास नै थिएन । तर, पछि मेरो कामहरु देखेपछि त्यो कुराहरु हट्दै गयो ।’

संगीताले पारिवारिक रुपमा पनि महिलालाई गाह्रो भएको गुनासो पोखिन् । उनले भनिन्, ‘जस्तै हामी लोकेशन हन्टिङको लागि बाहिर जान लाग्यौ भने पुरुषले आफ्नो झोला टिपेर फुत्त निस्किन मिल्छ । तर, हामीले त आफ्नो परिवारको सबै व्यवस्था मिलाएर मात्र निस्किनु पर्ने हुन्छ । हो, यस्ता कुराहरुले हामीलाई गाह्रो बनाउँछ ।’ संगीताको कुरा सकिन नपाउँदै दिपा बोलिन्, त्यही भएर हो मैले आजसम्म बिहे नगरेको ।’ दीपाले यसो भन्दा माहोल रमाइलो बनेको थियो ।

दिपाश्री माथि अर्को प्रश्न तेर्सियो, ‘तपाईले निर्देशन गरेको हैन भन्ने प्रश्न किन आयो ?’ दिपाले भनिन्, ‘भनिहाले, समाजले महिलालाई निर्देशकको रुपमा स्विकारेको छैन । तर, याद गर्नुस्, झमककुमारी घिमिरे पनि महिला हुन् ।’ दिपा आफ्नो टिम राम्रो भएकाले नै सफलता पाएको दावी गर्छिन् ।

कार्यक्रममा चलचित्रको कुरामात्र उठेन । समाजमा महिलाको अवस्थाको विषयमा पनि दिपा र संगीताले आफ्नो धारणा राखे । उनीहरुले अहिले आफ्नो समाजमा भइरहेको महिला हिंसा र उनीहरु माथिको दुव्र्यवहार निकै दुःख लाग्ने कुरा भएको बोले । दिपाश्रीले भनिन्, ‘अहिले हामीले बलात्कारको कुराहरु धेरै सुन्छौ । आफ्नो बुबा, हाजुरबुबा, आफ्नै परिवारको सदस्यबाट महिला बलात्कृत भैरहेका छन् । यस्तो कुरा सुन्दा मन भक्कानिएर आउँछ ।’

संगीताले पनि समाजमा महिलाहरु अझै डराएर हिड्नु पर्ने अवस्था भएको बताइन् । उनले भनिन्–‘जब महिलाहरु १०÷११ वर्षमा पुग्छन् । तब उनीहरुमा डर सुरु हुन्छ । त्यो डर मृत्यु नहुन्जेल हुन्छ । यस्तो अवस्था त हाम्रो समाजकै कारण उत्पन्न भएको हो ।’ संगीताले आफ्नो नयाँ चलचित्र बाल दुव्र्यवहारमा आधारित बनाएर तयार गर्ने पनि उल्लेख गरिन् ।

चलचित्रको पर्दामार्फत् समाजलाई सचेत गर्न सकिन्छ । तर, नेपाली दर्शकले चलचित्रलाई आखाँले मात्र हेर्ने गरेको र त्यसलाई मनबाट मनन नगर्ने गरेको दिपाश्रीले बताइन् । उनले भनिन्, ‘हाम्रो दर्शकहरुले चलचित्र हेर्नुहुन्छ । कमेडी चलचित्रहरु हेर्नुभयो भने खुबै हसाँयो मात्र भनेर निस्कनुहुन्छ भने रुवाउने चलचित्र भए अलिकती आशु झारेर निस्किनु हुन्छ । तर, त्यहाँबाट दिन खोजिएको सन्देश कसैले मनन गर्नुभएको पाइन्न । चलचित्रलाई मनन गरेर हेर्नुभयो भने यसले समाज परिवर्तन गर्न सहयोग गर्नेछ ।’

चलचित्रको पर्दामा महिला हिंसा र महिला यौन दुव्र्यवहार जस्ता कुराहरुलाई देखाएर त्यस्तो समस्यबाट बाहिरिन सचेत गराउनुपर्ने कुरामा दीपा र संगीता सहमत देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment