Comments Add Comment

राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

१० फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका अवसरमा नेपाल र वेलायत सरकारको उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । यसअघि बिहीबार बेलायती राज्यमन्त्री ल्यांकास्टरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment