Comments Add Comment

प्रदेश ५ सरकारद्वारा सडक सुरक्षा सुझाव समिति गठन

१० फागुन, बुटवल । प्रदेश ५ सरकारले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा पाँच सदस्यीय गठन गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।

समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख (डीआईजी) सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।

समितिले प्रदेशभित्रका सडकहरुको अवस्था र सुरक्षाको विषयमा अध्ययन गरी २ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने छ । दुर्घटनामा घाइते भएका दाङका प्रदेश सांसद उत्तरकुमार वलीको शुक्रबार बिहान मृत्यु भएसंगै मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।

वैठकले मृतक सांसद वलीको निधनप्रति शोकप्रस्ताव पारित गर्दै समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले दुई वटा स्थानीय तहको केन्द्र परिर्वतनको लागि आएको प्रस्तावलाई संघीय सरकारमा पेश गर्ने निर्णय गरेको छ ।

दाङको शान्तिनगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४ जुम्लेकुलामा र बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ स्थित बाबाकुटीमा सार्ने प्रस्ताव प्रदेश सरकारले संघीय सरकारमा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment