Comments Add Comment

७५ हजार घुससहित जेलर क्वार्टरबाटै पक्राउ

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैंडाकाे टाेलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेकाे छ ।

कारागारका चाैकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएकाे अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए । लामाे समयदेखि अधिकारीले चाैकीदारलाई सरुवाकाे बाहनामा कम माग्दै आएको बताइएकाे छ ।

दिउँसो १२ बजेतिर टाेली क्वार्टरमा पुगेकाेे थियाे । अख्तियारका डीएसपी केशव भट्टराईकाे नेतृत्वमा गएकाे टाेलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment