Comments Add Comment

गुल्मीमा भीरबाट लडेर युवकको मृत्यु

१० फागुन, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका १ लिम्घा निवासी २४ वर्षको शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

बिहीबार बिहान ससुरालीबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । बिक भिरबाट लडेर करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment