Comments Add Comment

रुपन्देहीलाई रोक्दै क्यामरुन तिलोत्तमा गाल्डकपको फाइनलमा

१० फागुन, बुटवल । घरेलु टोली रुपन्देही ११ लाई रोक्दै विदेशी टिम दाफिन्स एफसी क्यामरुन २१औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ ।

देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दाफिन्सले रुपन्देहीलाई २-० गोलले पराजित गरेको हो ।

दाफिन्सलाई जित दिलाउन डिडर टिनाले खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको बललााई गोलमा परिणत गरेर अग्रता दिलाए ।

टिमका लागि दोस्रो गोल पनि टिनाले नै खेलको ८५ ौं मिनेटमा गरेर जित सुनिश्चित गरे । घरेलु मैदानमा दर्शकको राम्रो साथ र हौसला पाएको रुपन्देहीले उत्कृष्ट प्रदर्शनका बाबजुद गोल गर्न भने चुक्यो ।

खेलमा रुपन्देहीका डिफेन्डर मनोज श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँंदै नगद १० हजार प्राप्त गरे ।

शनिबार अन्तिम सेमिफाइनल खेल भ्याली च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment