Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवाली स्वीटजरल्याण्ड जाँदै

१० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वीटजरल्याण्ड भ्रमणमा जाने भएका छन् ।

स्वीटजरल्याण्डको जेनेभामा हुने संघीय राष्ट्रसंघीय मानवअधिकार परिषदको ४४ औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।

फागुन १३ गते हुने उद्घाटन हुने सम्मेलनमा मन्त्री ज्ञवालीले फागुन १४ गते संबोधन गर्ने कार्यक्रम छ । फागुन १५ गते उनले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले विभिन्न देशका परराष्ट्रमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखसँग साइडलाइन भेट गर्ने पनि मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मन्त्री ज्ञवालीले स्वीटजरल्याण्डमा रहँदा गैरआवासीय नेपाली संघ र नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनेछन् । उनी फागुन १६ गते नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment