Comments Add Comment

प्रधानमन्त्री र बेलायती रक्षा राज्यमन्त्रीबीच गोर्खा सैनिकबारे छलफल

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा सहायक मन्त्री मार्क ल्यांकास्टरबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटवार्तामा राज्यमन्त्री ल्यांकास्टरले ब्रिटिस गोर्खाहरुको बिषयमा आफूहरुले टेक्निकल कमिटी बनाएर तयार पारेको रिपोर्टबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार टेक्निकल कमिटीको रिपोर्टका आधारमा नयाँ प्याकेजहरु पनि तयार पारेको पनि राज्यमन्त्री ल्यांकास्टरले जानकारी गराएका थिए । ‘टेक्निकल कमिटीले कसरी काम ग¥यो । अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं । ती प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं । यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं भन्ने उहाँहरुको भनाइ थियो’ भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलनबारे पनि ल्यांकास्टरलाई जानकारी गराएका थिए । उनीहरुबीच ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको डा.भट्टराईले जानकारी दिए ।

शुक्रबार नै प्रधानमन्त्री ओली र अष्ट्रियाका विदेश मन्त्री केरिन क्नाइसलबीच पनि शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका बिषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : पूर्व गोर्खासैनिकलाई विभेद नगर्न बेलायतलाई नेपालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment