Comments Add Comment

बुबाको हत्या र भाइलाई खुकुरी हान्नेलाई साढे ३७ वर्ष कैद

१० फागुन, विराटनगर । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहलाई ३७ बर्ष ६ महिना कैदको फैसला गरेको हो ।

आफ्नो बुबाको हत्या गरी भाइलाई खुकुरी प्रहार गरेका सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्था अनुसार कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा अदालतले २५ वर्ष र थप साढे १२ गरी जम्मा ३७ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो ।

मुद्दा दर्ता भएको दुई महिनापछि पहिलो पटक एकीकृत कसुरमा फैसला भएको श्रेस्तेदार ईश्वर ओझाले जानकारी दिए ।
बब्लुले झड्केलो बाबु शशी सिंहको धारिलो हतियार तरबार प्रहार गरी हत्या गरेका थिए । उनले भाइ मो. आकाश आलमलाई पनि खुकुरी प्रहार गरि घाइते बनाएका थिए । गत मंसिर २८ गते बब्लुले बुबाको हत्या गरेका थिए ।

मदिरा सेवन गरी भाई आकाशसँग झगडा भएपछि छुटाउन गएका शशीलाई चुन्नुले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शशीको घटना स्थलमा नै मृत्यु भएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।

‘कसुरदारले एउटै वारदातमा एक भन्दा बढी कसुर गरे अपराध संहिता लागू भएपछि एकीकृत कसुरमा सजाय हुने कानुनी व्यवस्था छ,’ श्रेस्तेदार ओझाले भने, ‘कसुरमा अधिकतम सजाय हुने कसुरको डेढी सजाय हुने कानुनी व्यवस्था छ ।’

एकीकृत कसुर अन्तर्गतको कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दाको फैसलाको प्रमाणीकरण शुक्रबार भएको थियो । सो मुद्दाको माघ २४ गते कसुर ठहर भई माघ २९ गते कैद निर्धारण भएको थियो ।

नयाँ ऐन अनुसार कसुर ठहर भएको ३० दिनभित्र कैद सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था अनुसार न्यायाधीश खतिवडाले एक साताभित्र सजाय ठहरको फैसला गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment