Comments Add Comment

बम बिष्फोटका घाइतेलाई गृहमन्त्रीले भेटे, सरकारले निःशुल्क उपचार गरिदिने

११ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई भेटेका छन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।

घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।

यो पनि पढ्नुहोस एनसेलको गेटमा बिष्फोट : घाइते एक जनाको मृत्यु

शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए । गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ । प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।

मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’

उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment