Comments Add Comment

कपिलवस्तुको वाणगंगामा महिलाको हत्या

११ फागुन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा एक महिलाको हत्या भएको छ । वाणगंगा नगरपालिका-४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोट देखिएको छ । उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा भने स्पष्ट भएको छैन ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र हत्याको प्रकृति थाहा हुने छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने अनुमान छ । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ ।

प्रहरीले अहिले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment