Comments Add Comment

यो हो साढे १४ अर्बको हिरा, कोहिनूरभन्दा ठूलो

Photo Credit : The 185-carat Jacob diamond : (Vipin Kumar/HT Photo)

काठमाडौं । विश्वको सबैभन्दा महंगो हिरा कोहिनूरलाई भनिन्छ । तर भारतको नयाँदिल्ली स्थित राष्ट्रिय संग्राहलयमा कोहिनूर भन्दा पनि ठूलोे हिरा प्रदर्शनीमा राखिएको छ ।

हैदरावादका सम्राटले प्रयोग गरेका आभुषणहरुको प्रदर्शनी अहिले दिल्लीस्थित राष्ट्रिय संग्राहलयमा चलिरहेको छ । र, ती वस्तुहरुमध्ये ज्याकब डायमण्ड पनि एक हो ।

ज्याकब डायमण्ड विश्वको सातौँ ठूलो हिरा हो । यसको अहिलेको मूल्य ९ अर्ब भारु अर्थात् झण्डै साढे १४ अर्ब रुपैयाँ पर्दछ ।

यो हिराको स्वामित्व अहिले भारत सरकारसँग रहेको छ । तर भारत सरकारले यो हिराको स्वामित्व कसरी हात पार्यो ? भन्ने कुराको कहानी रोचक छ ।

हैदरावादका छैटौँ निजाम अर्थात् सम्राट महबूब अली खाँ पासाले उक्त हिरा ज्याकब नामको व्यापारीसँग खरीद गरेका थिए । त्यहीँ कारण सो हिराको नाम नै ज्याकब डायमण्ड रहन गयो ।

साथै उक्त हिरालाई इम्पेरियल, ग्रेट वाइट तथा भिक्टोरियाको नामले पनि चिनिन्छ ।

त्यो हिरा दक्षिण अफ्रिकाको किम्बर्ली खान हिराखानीबाट निकालिएको हो । सुरुमा यो हिरा ४५७.५ क्यारेटको थियो र त्यस समय विश्वकै सबैभन्दा ठूलो हिराको रुपमा थियो ।

तर पछि यो हिराको चोरी भयो । सुरुमा लण्डन र पछि नेदरल्याण्डको कम्पनीमा यो बिक्री भयो । त्यसको एउटा टुक्रा नेदरल्याण्डकी महारानीलाई पनि दिइयो । अन्ततः मूल हिरा १८४.५ क्यारेटको हुन गयो ।

सन् १८९० को कुरा हो । हिरा व्यापारी मेल्कम ज्याकबले हैदरावादका छैटौँ शासक महबूब अली खान पासालाई सो हिराको एउटा नमूना देखाए । उनले त्यो हिराको मूल्य १ करोड २० लाख भारु पर्ने बताए । तर राजा केवल ४६ लाख भारु मात्र दिन राजी भए । र, अन्ततः ४६ लाख भारुमा सहमति बन्यो ।

आधा रकम पाएपछि ज्याकबले बेलायतबाट त्यो हिरा हैदरावाद मगाए । तर निजामतले गरिसकेको त्यो हिरा नकिन्ने बताए । उल्टै आफुले बैना दिएको पैसा फिर्ता माग्न थाले ।

वास्तवमा राजा पछाडि हट्नुको एउटा कारण थियो । भारतस्थित अंग्रेज दूतले आफ्नो ऋण चुक्ता नगरीकन हिरा खरीद नगर्न राजालाई चेतावनी दिएका थिए ।

राजाले बैना गरिसकेर हिरा नकिनेपछि ती हिरा व्यापारीले बैना रकम फिर्ता गर्न अस्विकार गरे । उनले बैना रकम फिर्ता गर्नु नपर्ने भन्दै कोलकाता अदालतमा मुद्दा हाले । तर सन् १८९२ मा राजाले नै उक्त हिरा प्राप्त गरे ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment