Comments Add Comment

मेस्सीको ५०औं ह्याट्रिक, बार्सिलोनाको सहज जित

१२ फागुन, काठमाडौं । कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि ५०औं ह्याट्रिक गोल गरेका छन् । उनकै ह्याट्रिक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक थपे । यता, सेभिया लागि जेसस नाभास र गाब्रियल मेर्काडोले समान १–१ गोल गरे ।

२२औं मिनेटमा नाभासले गोल गर्दै घरेलु सेभियालाई अग्रता दिलाएका थिए । त्यस्तै, २६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । मेर्काडोले खेलको ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म सेभियालाई २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो । ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरी दिलाए । त्यस्तै, उनले ८५ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको अतिरिक्त समयमा स्वारेजले गोल गर्दैै बार्सिलोनालाई ४–२ गोलको जित दिलाएका हुन् ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ । पराजित सेभियाको ३७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment