Comments Add Comment

एमबाप्पे नायकत्वमा पीएसजीको सहज जित

१२ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे भने क्रिस्टोफर नेकुन्कुले गोल गरे ।

४० औ मिनेटमा क्रिस्टोफरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

६९ औ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० गोलको अग्रता दिलाए । त्यस्तै, ८९औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए ।

लिगको शीर्ष स्थानमा रहेको पीएसजीले २५ खेलबाट ६८ अंक बनाएको छ । पराजित निम्स ३६ अंक सहित ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment