Comments Add Comment

अमिताभको फिल्म प्रचारमा किन दौडिएका छन् साहरुख ?

अहिले नायक अभिताभ बच्चन आफ्नो नयाँ चलचित्र ‘बदला’को प्रचारमा व्यस्त बनिरहेका छन् । चलचित्रको प्रचारका लागि उनले देखाएको सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् । यस्तैमा अभिताभ बच्चनले अर्का नायक साहरुख खानसँग सेल्फी लिदै गरेको एक तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक दुईको तस्बिर निकै सुन्दर लाग्छ । तस्बिरमा अभिताभले साहरुख निर्माता र आफू कामदार भएको उल्लेख गरेका छन् ।

‘बदला’लाई रेड चिल्लीको ब्यानरमा साहरुख खानले निर्माण गरेका हुन् । साहरुख पनि अहिले यस चलचित्रको प्रचारमा समय दिइरहेका छन् । सुजय घुस निर्देशित यो चलचित्रले मार्च ८ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अभिताभसँगै ताप्सी पन्नुको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment